PRABHU BANK

कुमारी बैंकका ग्राहकहरूले होटल भेन्टेज होमको सेवामा १० प्रतिशत छुट पाउने 

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भेन्टेज होम भक्तपुर दरबार क्षेत्रबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई होटेलको सेवामा १० प्रतिशत छुट दिइने बारे सम्झौता भएको हो । 

सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटल भेन्टेज बाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआर द्वारा सेवा बापतको रकम तिर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस सुविधाबाट ग्राहकहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरूलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्साहन गर्नुका साथै आर्थिक अवस्थालाई सहज पार्न मद्दत गर्ने बैंकको विश्वास छ ।

बैंकका देशभर ३०२ शाखा, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखारहित बैङ्किङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई प्रभावकारी सेवा दिँदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै