PRABHU BANK

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी संस्थापक सेयर लिलामी बिक्रीमा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकले ३ लाख ८ हजार ९२० कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको हो ।

उक्त सेयर ६ जना संस्थापकहरूले बिक्री गर्न लागेको बैंकले सार्वजनिक रचनामार्फत जानकारी गराएको छ ।

बैंकले विद्यमान अन्य संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेपछि अन्य व्यक्ति तथा सङ्घसंस्थाहरूलाई सेयर खरिदका लागि प्रस्ताव गरिएको हो ।

इच्छुक व्यक्ति तथा सङ्घसंस्थाले ७ दिनभित्र सेयर शाखा लाजिम्पाटमा निवेदन दिन सक्ने बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै