PRABHU BANK

नेपाल एसबिआई बैंक र वन्डर्स नेपालबीच स्काईवाक टिकटमा छुट दिने सम्झौता

काठमाडौँ । नेपाल एसबिआई बैंक र वन्डर्स नेपालबीच स्काईवाक टिकटमा छुट दिने सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

सो सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबद्धन अधिकृत रितेश अर्याल, बागमति प्रदेशका प्रमुख बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रालिका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र वन्डर्स नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै