PRABHU BANK

नेपाल राष्ट्र बैंकमा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा तयार गर्ने कार्य सुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा तयार गर्ने कार्य सुरु भएको छ । राष्ट्र बैंकमा चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा तयार गर्ने कार्य सुरु भएको हो ।

हाल आर्थिक अनुसन्धान विभागमा मौद्रिक नीतिको समीक्षा तयार गर्ने काम भइरहेको राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताएका छन् ।

उनले आगामी साताभित्र मौद्रिक समीक्षा आउन सक्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।

नेपाल  राष्ट्र बैंकले अब मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जेठ १५ गतेभित्र ल्याउनुपर्ने हुन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै