PRABHU BANK

सर्त बुझेर क्रेडिट कार्डको प्रयोग गर्न राष्ट्र बैंकको आग्रह…(सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहकहरूलाई सर्त बुझेर मात्र क्रेडिट कार्डको प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तिय चेतनाका लागि मंगलबार एक सूचना जारी गर्दै क्रेडिट कार्डको सर्त बुझेर आफूलाई उपयुक्त हुने कार्ड मात्रै  प्रयोग गर्न आग्रह गरेको हो । 

राष्ट्र बैंकका अनुसार रकम प्रयोग गरेर तोकिएको समय सिमा भित्र उक्त रकम भुक्तान नभए उच्च दरको ब्याज लाग्ने हुनाले कार्ड जारी गर्दा क्रेडिट सिमा, कारोबारको बिल प्राप्त हुने मिति र माध्यम लगायतका विषयमा जानकारी राख्नु पर्ने बैंकले जनाएको छ । 

राष्ट्र बैंकले कार्डको बारेमा राम्रोसँग बुझेर आफूलाई आवश्यक पर्ने कार्ड मात्र प्रयोग गर्न  सचेत गराएको हो । हेर्नुहोस् सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै