PRABHU BANK

प्रसाईँ समर्थकले लगाएको ताला खोलिए पनि बैंकका कर्मचारी त्रासमा

काठमाडौँ । दुर्गा प्रसाईँका समर्थकरुले एभरेष्ट बैंकमा लगाएको ताला खोलिए पनि बैंकका कर्मचारी भने त्रासमा रहेका छन् । सोमबार प्रसाईँको ‘नागरिक बचाउ अभियान’ अन्तर्गत र्‍यालीमा हिँडेका समर्थकरुले जनकपुरधाममा रहेको एभरेष्ट बैंकमा लगाएको ताला केही समय पछि खोलिए पनि प्रसाईँ समर्थकको धम्कीका कारण कर्मचारीहरू त्रसित बनेका हुन् ।

ऋणीलाई मर्न बाध्य बनाएको भन्दै  एभरेष्ट बैंकमा दुर्गा प्रसाईँका समर्थकरुले तालाबन्दी गरिदिएका थिए । प्रहरीको सहयोगमा प्रसाईँ समर्थकले लगायको ताला खुले पनि उनीहरूले बिना अनुमति ताल खोलिए जे पनि हुन सक्ने भन्दै धम्क्याएर गएका कारण कर्मचारीहरू त्रसित बनेका हुन् । धनुषा प्रहरीले भने बैंकमा सुरक्षा दिने बताएको छ ।  

पछिल्लो समय प्रसाईँका समर्थकरुले बैंकमा तोडफोड गर्ने लगायतका अराजक गतिविधिहरू गर्दै आएका छन् ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै