National

दुई बैंकमा तोडफोड गर्ने दुर्गा प्रसाईं निकट चार जना पक्राउ, थुनामै राखेर आवश्यक अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ । झापाको बिर्तामोडस्थित एभरेष्ट बैंक र ज्योति विकास बैंकको शाखा कार्यालयमा तोडफोड गर्ने ४ जना पक्राउ परेका छन् । बिहीबार ऋणीलाई टर्चर दिएको भन्दै बैंकको शाखा कार्यालयमा तोडफोड गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड-३ सैनिकमोडका मनिकुमार तामाङ सहित ४ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले बताएका छन् । पक्राउ पर्ने अन्य दुई जनाको नाम भने सार्वजनिक गरिएको छैन ।

दुर्गा प्रसाईँ निकट चार युवाले बिहीबार बैंकको शाखा कार्यालयमा तोडफोड गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै