National

‘बैंकिङ ठूलो समस्याकाबीच अघि बढिरहेकोले बैङ्करको आत्मबल बढाउन आवश्यक छ’: सुनिल केसी

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ ठूलो समस्याका बीच अघि बढिरहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमा बोल्दै अध्यक्ष केसीले बैंकिङ ठूलो समस्याका बीच अघि बढिरहेकोले बैंकरको आत्मबल बढाउन आवोश्यक रहेको बताएका हुन् ।

एनएमबी बैंकका सीईओसमेत रहेका केसीले बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा आयोजना गरेको राष्ट्रिय सम्मेलमा बोल्दै बैंकको ब्याजदर घटिरहेको र एकल दरमा ब्याजदर आइरहेको बताए ।

‘बैंकको नाफा घटिरहेको छ, आरओई ९ प्रतिशतको हाराहारीमा छ,’ उनले भने ५ खर्ब लगानीयोग्य रकम छ, यसले गर्दा हामी हरेक दिन नोक्सानी व्यहोरिहेका छौं, निजी क्षेत्रको आत्मबल घटेको छ भने यसले बैंकिङ क्षेत्रमा असर गरेको छ ।’

अध्यक्ष केसीले पूर्वाधार क्षेत्रमा निजी क्षेत्र तथा बैंक सँगसँगै हुनुपर्ने पनि बताए । पूर्वाधार क्षेत्रमा अहिले खराबकर्जा बढिरहेको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै