National

वाणिज्य बैंकको सीईओ पदमा ‘आफ्नो मान्छे’ खोज्दै अर्थमन्त्री पुन

काठमाडौं । रिक्त रहेको राष्ट्रिय वाणिज्य बैंकको सिइओ पदमा अर्थमन्त्रीको चासो देखिएको छ । गत वैशाख ७ गते सीईओ नियुक्तिको लागि आवेदन खुलेको उक्त पदमा अर्थमन्त्रीको चासो रहेको पाइएको हो । 

चैत अन्तिममा किरणकुमार श्रेष्ठको दोस्रो कार्यकाल सकिएपछि  बैंकमा सीईओ पद खाली छ । यहीबेला अर्थमन्त्रीले आफू निकटको व्यक्ति बैंकको सीईओ नियुक्त गर्न चाहेका छन् । जसका लागि बैंकका डेपुटी सीईओ र भुपेन्द्र पाण्डे दौडमा छन् ।

बैंकले गत वैशाख ७ गते सीईओ नियुक्तिकालागि खोलिएको आवेदनमा २१ दिन भित्र योग्यता पुगेकाहरूले आवेदन दिन भनिएको छ । आवेदन दिन चाहनेको योग्यता भने व्यवस्थापन, बैंकिङ, कानुन, अर्थशास्त्र, लेखा, तथ्याङ्क शास्त्र विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुन पर्ने छ । शैक्षिक योग्यता स्नातक तह रहेको खण्डमा १० वर्षको कार्य अनुभव हुनपर्ने सूचनामा उल्लेख छ ।

तर अर्थमन्त्री पुन भने आवेदन भएको करिव १ हप्ता पुगिसक्दा पनि संस्था चलाउन सक्ने पार्टी निकट व्यक्तिको खोजी गरिरहेका छन् । आवेदनको समय अझै १४ दिन बाँकी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै