National

एकै दिन बैंकिङ प्रणालीको निक्षेप ५ अर्बले बढ्यो, सीडी रेसियो भने घट्यो

काठमाडौँ । एकै दिन बैंकिङ प्रणालीको निक्षेप ५ अर्बले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एकै दिन बैंकिङ प्रणालीको निक्षेप ५ अर्बले बढेर ६१ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको हो ।

वैशाख ६ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६१ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो । बैंकिङ प्रणालीमा वैशाख ७ गतेसम्म ६१ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको हो ।

यस्तै, कुल निक्षेपमा वाणिज्य बैंकहरूको निक्षेप ५४ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । उक्त बैंकहरूको कुल निक्षेप वैशाख ६ गते ५४ खर्ब २३ अर्ब रहेको थियो । त्यसैगरी अघिल्लो दिनको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप पनि ५ अर्बले बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ । सो संस्थाहरूको निक्षेप स्थिर रहेको तथ्यांकले देखाएको छ । यस्तै, वैशाख ६ गते बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह ५१ खर्ब ३ अर्ब रुपैयाँ रहेकोमा एकै दिन १ अर्बले घटेर बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह ५१ खर्ब २ अर्ब रुपैयाँमा कायम रहेको छ ।

यता सीडी रेसियो पनि ८०.८२ प्रतिशतबाट घटेर ८०.७३ प्रतिशतमा कायम रहेको छ भने अन्तरबैंक ब्याजदर २.९५ प्रतिशतबाट घटेर २.७६ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

tax