National

नेपाल राष्ट्र बैंकले ६९औं वार्षिकोत्सव मनाउँदै, निमन्त्रणा पत्र नपाउनेलाई सूचना मार्फत सहभागी हुन बैंकको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९औं वार्षिकोत्सव मनाउने भएको छ । राष्ट्र बैंकले बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा वैशाख १४ गते वार्षिकोत्सव मनाउने भएको हो ।

राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले उक्त कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुने जनाएको छ । विभागका अनुसार राष्ट्र बैंकका पूर्व गभर्नरहरू, पूर्व डेपुटी गभर्नरहरू, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम श्रेणीका अधिकृतहरूलाई निमन्त्रणा पत्र पठाई सकिएको छ ।

यद्यपि बैंकको निमन्त्रणा पत्र प्राप्त हुन नसकेमा सार्वजनिक सूचनालाई निमन्त्रणा मानी कार्यक्रममा सहभागी हुन बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरूले समेत विविध कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाउँदै गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime