National

कुमारी बैंकद्वारा सेयरमा आवेदन दिने समय थप

काठमाडौँ । कुमारी बैंक लिमिटेडले सेयरमा आवेदन दिने समय थप गरेको छ । बैंकको साढे ४ लाख कित्ता सेयरमा खरिद आवेदन दिने समय थप गरेको हो ।

गत वैशाख ३ गतेबाट बैंकको संस्थापक समूहको ४ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखेको सेयरमा वैशाख ११ गतेसम्म खरिद आवेदन पेस गर्न सकिने भनिएको थियो । तर, ११ गते सार्वजनिक बिदा परेकोले बैंकले ७ दिन म्याद थपेर वैशाख १८ गतेसम्म खरिद आवेदन दिन सकिने जनाको छ ।

यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा सङ्घसंस्थाले खरिद आवेदन दिन सक्नेछन् भने लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय ६ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै