PRABHU BANK

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको सीईओमा मन्जिला डंगोल नियुक्त

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको सीईओमा मन्जिला डंगोल नियुक्त भएकी छिन् । बैंकको व्यवस्थापकीय तहमा करिब १५ वर्षको कार्य अनुभव भएकी डंगोल सो पदमा नियुक्त भएकी हुन् ।

मन्जिला डंगोलले व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन् ।

उनीसँग सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव छ ।

एशोसिएसनले एक विज्ञप्तिमार्फत डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि डंगोलले प्रमुख भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै