National

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तिकरण अभियानको शुभारम्भ 

काठमाडौँ । महालक्ष्मी विकास बैंकले महिला उद्यमीलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियान शुभारम्भ गरेको छ ।

‘हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण’ भन्ने मूल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका महिला उद्यमीहरूलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरिएको थियो ।

पर्यावरणीय मैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्न अन्य स्थानीय तहहरूमा पनि बैंकले हरित कर्जा अन्तर्गत यस्ता अभियानहरू थप विस्तार गर्दै जाने बैंकले जनाएको छ ।

‘सबल बैंक, सफल सहकार्य को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत हुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १ सय ३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै