National

पाँच रुपैयाँ दरका ३५ करोड नोट छाप्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंक ५ रुपैयाँका दरले ३५ नोट छाप्ने भएको छ । शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै  बैंकको मुद्रा व्यवस्थापन विभागले पाँच रुपैयाँ दरका ३५ करोड नोट छाप्ने बताएको हो ।

विभागले इच्छुक योग्य कम्पनीले सूचना जारी भएको ४६ दिन भित्र दुई छुट्टाछुट्टै सिलबन्द खाममा प्राविधिक र मूल्य बोलकबोल गरी एउटै सिलबन्द खाममा समावेश गरी पेश गर्नुपर्ने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सिलबन्द खामहरु जुन ३ तारिखमा दिउँसो ३ बजे खोलिनेछ ।

बैंकका अनुसार बैंकले नोट छपाईका लागि अन्तर्राष्ट्रिय टेन्डर समेत आह्वान गरिसकेको भने टेन्डरमा आवेदन दिन सक्ने कम्पनीहरुसमेत छनोट भइसकेका छन् ।

नेपालमै छाप्ने व्यवस्था नहुँदा राष्ट्र बैंकले नोट विदेशमा छाप्न दिने गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै