National

एनआईसी एशियाको नाफामा पहिरो, नाफा अझै घट्ने, लगानीकर्ताको हात खाली हुँदै

काठमाडौं । एनआईसी एसिया बैंकले चालु  आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गएको छ । बैंकले प्रकाशित गएको विवरण अनुसार यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशतले कम हो ।

गत वर्षको चैत मसान्तसम्म बैंकले ४ अर्ब १ करोड रुपैयाँ बढी खुद आर्जन गरेको थियो भने बैंकको वित्तीय विवरणअनुसार उक्त अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ७२ करोड रुपैयाँले घटेको पाइएको हो । 

यस्तै चालु आर्थिक वर्षकोको चैत मसान्तसम्म ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने बैंकले ८ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

साथै सो अवधिमा १० अर्ब ३० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा २.२३ प्रतिशत बिन्दुले बढेर ३.०८ प्रतिशत पुगेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै