National

गाडी किन्न सबैभन्दा सस्तो ब्याजमा ऋण दिँदै नेपाल एसबिआई बैंक

काठमाडौँ । नेपाल एसबिआई बैंकले गाडी किन्न सबैभन्दा कम ब्याजमा ऋण दिने भएको छ । बैंकले नयाँ वर्षको अवसरमा बजारमा नयाँ गाडीको व्यापार सम्भावना देखेर सबैभन्दा कम ब्याजमा ऋण दिने भएको हो ।

बैंकले विगत लामो समयदेखि नेपाल राष्ट्र बैंकको प्रावधानमा रहेर सवारी कर्जा दिँदै आइरहेको छ ।

बैंकले व्यक्तिगत, सार्वजनिक तथा मालबाहक सवारीसाधन किन्नका लागि कम ब्याजमा ऋण दिने तयारी गरेको हो ।

राष्ट्र बैंकको प्रावधानमा रहेर बैंकहरुले व्यक्तिगत सवारीसाधन खरिदका लागि ९० प्रतिशतसम्म कर्जा दिन पाउँछन् । पेट्रोलियम र विद्युतीय सवारी साधानको कर्जा र यसको ब्याजदर भने फरक हुन्छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै