National

शैक्षिक कर्जाको माग घट्यो

काठमाडौँ । शैक्षिक कर्जाको माग घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको ८ महिनामा शैक्षिक कर्जा १६.२ प्रतिशतले घटाएका छन् ।

शैक्षिक कर्जा १६.२ प्रतिशतले घटेसँगै यसको माग पनि घटेको हो । चालु आर्थिक वर्षको साउन यता शैक्षिक कर्जा ४६ अर्ब ७९ करोड रुपैयाँले खुम्चिएको राष्ट्र बैंकले जनाएको छ ।

विभिन्न बैंकले नियमित, पर्याप्त र स्थिर आम्दानी भएका नेपाली नागरिकलाई शैक्षिक कर्जा प्रदान गर्दै आइरहेको छ । शैक्षिक कर्जा उच्च शिक्षाको लागि विद्यार्थी वा विद्यार्थीको प्रायोजकलाई प्रदान गरिने कर्जा हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै