National

नेपाल राष्ट्र बैंकले तयार गर्यो अन्तरदेशीय रिटेल पेमेन्टसम्बन्धी मस्यौदा, कस्ता छन् व्यवस्था ? (सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अन्तरदेशीय रिटेल पेमेन्ट सम्बन्धी मस्यौदा तयार गरेको छ । बैंकले अन्तरदेशीय रिटेल पेमेन्ट सम्बन्धी मस्यौदा तयार गरेर मंगलबार सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार अन्तरदेशीय भुक्तानी कारोबारका लागि क्यूआर कोडलगायतको प्रयोग गरी मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ तथा अन्तरबैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्टमा सर्वसाधारण ग्राहकलाई लाग्ने सेवा शुल्क बजार संरचनाबाटै निर्धारण हुने गरी हाललाई खुला राखिनेछ ।

त्यस्तै, आवश्यकता अनुसार सेवा शुल्कमा राष्ट्र बैंकबाटसमेत नियमन गर्न सकिने व्यवस्था छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले ‘अन्तरदेशीय भुक्तानी कारोबारका लागि क्युआर कोर्ड प्रयोग गरी मोबाइल बैंकिङ  र  इन्टरनेट बैंकिङ तथा अन्तरबैंक भुक्तानी  मार्फत् गरिने रिटेल पेमेन्टसम्बन्धी व्यवस्था’को मस्यौदा तयार गरिसकेको हो ।

राष्ट्र बैंकले सरकारवालालाई मस्यौदामा रायसुझाव पठाउन आग्रह गरेको छ । सरोकारवालाले रायसुझाव आउँदो जेठ ३ गतेभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्था विभागमा उपलब्ध गराउनुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । हेर्नुहोस् बैंकले प्रकाशन गरेको सूचना:

2081.01.04_Notice-and-Consultative-Document

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै