National

सिटिजन्स बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

काठमाडौँ । सिटिजन्स बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै व्यवस्थापन प्रशिक्षार्थीका लागि केहि, प्रशिक्षार्थी सहायकका लागि केहि, कानुनी र सेयर विभागका लागि केहि सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

व्यवस्थापन प्रशिक्षार्थी र प्रशिक्षार्थी सहायकका लागि आवेदन दिने उम्मेदवारको उमेर ३० वर्षभन्दा कम हुनुपर्नेछ । साथै, आवेदन दिने उम्मेदवारले नेपाली र अंग्रेजी दुबै भाषामा बोल्न लेख्न सक्ने हुनुपर्दछ । बैंकले उम्मेदवारहरूले मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक डिग्री हासिल गरेको हुनुपर्ने जनाएको छ ।

न्यूनतम योग्यता पूरा गर्ने योग्य उम्मेदवारहरूलाई थप छनोट प्रक्रियाको लागि सर्टलिस्ट गरिने कम्पनीले जनाएको छ । बैंकका अनुसार उपयुक्त स्थानीय उम्मेदवार वा शाखाहरूको वरपरका क्षेत्रहरूबाट उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।

त्यसैगरी ड्राइभिङ लाइसेन्स भएको उम्मेदवार, अधिवक्ता लाइसेन्स भएको उम्मेदवारलाई समेत प्राथमिकता दिइने बैंकले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकले मे, ७ सम्म आवेदन भर्न सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै