National

बैंकले बढाए कर्जा लगानी

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाएका छन् । चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाले ४.३ प्रतिशतले कर्जा लगानी बढाएका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि चैत्रसम्ममा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ८ अर्ब कर्जा लगानी बढाएका हुन् । गत असारसम्ममा बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह गरेकोमा यस्तो रकम फागुन मसान्तसम्ममा ५० खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवासीय कर्जा, सेयर धितो कर्जा, आयात कर्जा, व्यापारिक संस्थाको चालु सम्पत्ति व्यवस्थापनको लागि जाने कर्जा (क्यास क्रेडिट लोन) र निश्चित अवधिको कर्जा बढेको हो ।

सो अवधिमा क्यास क्रेडिट लोन २४.६ प्रतिशतले बढेर ६ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । साथै, निश्चित अवधिको कर्जा १५.९ प्रतिशतले बढेर १८ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै