National

घर घडेरी र सेयर किन्न बैंकले बढाए कर्जा लगानी

काठमाडौँ । घर घडेरी र सेयर किन्न बैंकले कर्जा लगानी बढाएका छन् । चालु आर्थिक वर्षको ८ महिनामा बैंकले घर घडेरी र सेयर किन्न कर्जा लगानी बढाएका हुन् ।

बैंकले व्यक्तिगत आवासीय कर्जा १०.४ प्रतिशतले बढाएका छन् भने  सेयर धितो कर्जा १२.३ प्रतिशतले बढाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुनसम्ममा व्यक्तिगत आवासीय कर्जा लगानी ३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी सेयर धितो कर्जा भने ८५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै