National

२४.४० प्रतिशतले घट्यो ज्योति विकास बैंकको खुद नाफा

काठमाडौँ । ज्योति विकास बैंकको खुद नाफा २४.४० प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकको खुद नाफा घटेको पाइएको हो ।

बैंकले साउनदेखि चैत्रसम्म १५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा भने २० करोड १६ लाख बढि खुद नाफा आर्जन गरेको थियो ।

ज्योति विकासले तेस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी भने १ अर्ब ७० करोड रुपैयाँ आर्जन गरेको छ । यसैगरी बैंकको सञ्चान खर्च २.१८ प्रतिशतले घट्दा बैंकको इम्पेयरमेन्ट चार्ज भने बढेर ८३ करोड २ लाख रुपैयाँ पुगेको हो ।

यस्तै, समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ३.८९ प्रतिशतले बढेर ४.९७ प्रतिशत पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै