National

३७ वर्षको लामो यात्रापछि नबिल बैंकबाट बाहिरिए अधिकृत रेग्मी

काठमाडौँ । ३७ वर्षको लामो यात्रापछि नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी आफ्नो पदबाट बाहिरिएका  छन् । रेग्मी आफ्नो कार्यकाल सकिएसँगै सो पदबाट बाहिरिएका हुन् ।

उनले एउटै कम्पनीमा निरन्तर काम गर्दै आइरहेका थिए । रेग्मीले नबिल बैंकमा ३७ वर्ष काम गरेर आफ्नो कार्यकाल सकेका  हुन् ।

रेग्मी  नबिल बैंकमा सहायक तहको कर्मचारीबाट प्रवेश गरेर नायब प्रमुख कार्यकारी अधिकृत भएर बाहिरिएका छन् ।

उनले सुरुवातदेखि नै १३ जना प्रमुख कार्यकारी अधिकृतहरुसँग काम गरिसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै