PRABHU BANK

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेहरू बढे

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या बढेको छ । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्ममा मात्रै ३१ हजार ५ सय ४७ व्यक्ति तथा संस्था कालोसूचीमा परेका छन् ।

जसमध्ये ८ हजार ३ सय ७ व्यक्ति तथा संस्थाहरू कालोसूचीबाट हटेको पाइएको छ ।

बैंकरहरुका अनुसार देशको अर्थतन्त्र लयमा नर्फकिएका कारण र उच्च महँगीका कारण पनि कालो सूचीमा पर्नेको संख्या बढिरहेको हो ।

त्यस्तै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरूको कालोसूचीमा २६ हजार २ सय ३७ व्यक्ति तथा संस्थाहरू परेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ३४ हजार व्यक्ति तथा संस्थाहरू कालोसूचीमा परेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै