काठमाडौँ । लामो समय बैंकिङ गरेका तारा मानन्धरले अन्तत:बैंकिङ नै छोडेका छन् । उनी प्राइम कमर्सियल बैंकको जागिर छोडेर डिस मिडियाको सीइओ बन्न पुगेका छन् ।
प्राइममा उनी तत्कालीन कैलाश बिकास बैंकलाई प्राइमले प्राप्ति गरेपछि पुगेका थिए । त्यसअघि उनी मुक्तिनाथ बिकास बैंकमा डेपुटी सीइओ थिए ।
मुक्तिनाथ विकास बैंक अगाडी तारा मानन्धर प्रभु बैंकमा डेपुटी सीइओ थिए ।
प्रभु अगाडी पनि धेरै लामो बैंकिङ अनुभव हासिल गरिसकेका उनले बैंकिङ केहि समय भित्रै छोड्छन् भन्ने चर्चा ६ महिना अघि देखि नै थियो ।