PRABHU BANK

कुमारी बैंकद्धारा नयाँ योजना सार्वजनिक

काठमाडौँ । कुमारी बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुका लागि डिजिटल बैंकिङ अनुभव अभिवृद्धि गर्ने उद्धेश्यले एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा ‘नयाँ वर्ष २०८१ जितौँ आइफोन १५ एकास्सी’ सार्वजनिक गरेको हो ।

बैंकका अनुसार नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी ५ सय रुपैयाँको टपअप र डाटा प्याक खरिद गर्दा एक लक्की ग्राहकले ब्रान्ड न्यु आइफोन प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, ग्राहकहरुले उक्त योजनामा सहभागी हुनको लागि कुनै पनि शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्नुपर्नेछ । यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म लागु हुनेछ ।

बैंकले नेपाली वित्तीय बजारमा आधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराउने उद्धेश्यले यस्तो योजना ल्याउँदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै