National

नारायणी डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा वैशाख १८ गते…(सुचनासहित)

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा वैशाख १८ गते हुने भएको छ । बैंकले एक सुचना जारी गर्दै बैंकको २२औँ वार्षिक साधारण सभा होटल स्टार चितवन, रत्ननगर टाँडीमा वैशाख १८ गते हुने भएको हो ।

बैंकको वार्षिक साधारण सभा ११:३० बजेबाट सुरु हुने भएको छ । उक्त सभामा बैंकले आर्थिक वर्ष २०७९-८०को वार्षिक प्रतिवेदन परित गर्ने प्रस्ताव पेस गर्नेछ ।

साथै, बैंकले आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारणसमेत गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यलयको ठेगाना परिवर्तन गर्ने एजेण्डासमेत रहेको छ ।

उक्त सभामा भने लाभांश वितरण सम्बन्धी कुनै पनि एजेण्डा छैन् । हेर्नुहोस् बैंकले जारी गरेको सुचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै