PRABHU BANK

‘बैंक र व्यवसायी छुट्याउने विषयबारे अध्ययन भईरहेको छ’ : बैंकर्स संघ

काठमाडौँ । नेपाल बैंकर्स संघले व्यवसायी र बैंकर छुट्याउने गरी आएको बाफियाको प्रस्तावित प्रावधानबारे आफुहरुले अध्ययन गरिरहेको बताएका छन् । संघले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यसबारे विज्ञहरुसँग छलफल गरिरहको र अन्तराष्ट्रिय अभ्यास पनि अध्ययन गरिरहेको बताएका छन् ।
‘हामीहरुले विज्ञहरुसँग यस विषयमा छलफल गरिरहेका छौँ । त्यसका लागि छुट्टै समिति पनि बनाएका छौँ ।’ पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भने, ‘यसमा अन्तराष्ट्रिय अभ्यास पनि हेरिरहेका छौँ ।’
प्रस्तावित बैंक तथा वित्तीय संस्था ऐन (बाफिया)मा बैंकर र व्यवसायी छुट्ट्याउनेगरी प्रावधान आएको छ । सो व्यवस्था जस्ताको त्यस्तै लागु भएमा हाल बैंकमा रहेका थुप्रै बैंक संचालकले बैंक छोड्नुपर्नेछ भने बैंकमा लगानी गरेका ठुला व्यवसायीहरुलाई विभिन्न खाले बन्देज लाग्नेछ । संसोधनसहितको सो ऐन संसदमा प्रस्तुत भईसकेको छ भने थप प्रक्रिया अघि बढेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै