नबिल बैंकको संस्थापक शेयर किन्ने मौका, २८ हजार ९ सय ८५ कित्ता बिक्रीमा

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडले आजदेखि २८ हजार ९ सय ८५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । अशोक कुमार अग्रवालको नाममा रहेको ९ हजार ४ सय २८ कित्ता, त्रिलोक चन्द्र अग्रवालको नाममा रहेको १० हजार ९ सय ५१ कित्ता र तुलसीराम अग्रवालको नाममा रहेको ८ हजार २१० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । कम्पनीले शेयर मूल्य भने उल्लेख गरेको छैन् ।
संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम रहेका कम्पनीका संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवश्यक कागज सहित के कति कित्ता कति दरमा लिने हो सो खुलाई बैंकको केन्द्रिय कार्यालय तिनधारा, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।
यदि बैंकले तोकेको मितिभित्र कुनै संस्थापक शेयरधनीले आवेदन पेश नगरेमा अन्य व्यक्ति वा संस्थामा उक्त शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्