PRABHU BANK

सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलाई एक लाखको आर्थिक सहयोग गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रम बिच उक्त सहयोग रकम प्रदान गरेकोे हो ।
बर्दिया जिल्लाको ज्येष्ठ मा.वि. श्री देवकोटा माध्यमिक विद्यालयमा अध्यनरत अत्यन्तै गरिव तथा थारु, मुस्लिम, मधेसी, जनजाती, दलित जातिका करिव १ हजार ३ सय २५ बालबालिकाहरूको शिक्षाको गुणस्तर वृद्धिका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा विद्यालयले जानकारी दिएको छ ।
उक्त सहयोगले विद्यालयका महत्वपूर्ण शैक्षिक विकाशका कार्यहरु सम्पन्न गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
हालसम्म बैंकले ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ४ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै