DISH HOME

नेशनल माइक्रोफाइनान्सको नयाँ शाखा महोत्तरीको रामगोपालपुरमा विस्तार

 national microfinance
  • बैंकिङ संसार 
काठमाडौँ – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा न.६ रामगोपालपुर बजारमा नयाँ शाखा बिस्तार गरेको छ ।
उक्त शाखाको उद्घाटन समारोहमा रामगोपालपुर नगरपालिकाका मेयर अशोककुमार मण्डल, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.शाखा कार्यालय रामगोपालपुर समुह नं २७ खोपी महिला समूह अध्यक्ष रामदाई देवी र नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लि.केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको उपस्थितिमा रहेको थियो ।
उक्त कार्यक्रममा रामगोपालपुर न.पा. वडा नं ५ को वडाध्यक्ष जितेन्द्रकुमार चौधरी, वडा नं ४ का कारी कमख्या महतो, वडा नं ५ को वडासचिव राजकुमार महतो, इलाका प्रहरी रामगोपालपुरका इन्चार्ज त्रिभुवन साह, जानकी इंगलिस बोर्डिङका प्रअ नागेन्द्रकुमार साहको उपस्थिति थियो ।
त्यसैगरी, नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लि.शाखा कार्यालय बिन्धीको प्रमुख रामलोचन यादव, शाखा कार्यालय जलेश्वरको शाखा प्रमुख संजयकुमार यादव, शाखा कार्यालय हरीपुर्वाको शाखा प्रमुख भोगेन्द्रकुमार यादवसाथै समाजसेवी, राजनीतिक प्रतिनिनि, अभिभावक, ग्राहक, सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै