DISH HOME

सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार, मूख्यमन्त्री शेरधन राईले गरे उद्घाटन

 rastriya banijya bank
  • बैंकिङ संसार
काठमाडौं – सुनसरीको धरान उपमहानगरपालीका वडा नम्वर ६ पानवारीमा राष्ट्रिय वाणिज्य बैकको शाखा उद्घाटन गरिएको छ । प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले शाखा कार्यालयको शनिबार औपचारीक रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहका प्रमुख अतिथि मूख्यमन्त्री राईले प्रदेश नम्बर १ का दूरदराजमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा दिन सबैभन्दा अगाडि हुनुपर्ने बताए ।
त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकले संघीय एवं प्रदेश सरकारसंग समन्वयन गरी दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने वताए ।
बैंकको ७७ जिल्लामा दुई सय १९ वटा शाखा कार्यालय, २३ वटा एक्सटेन्सन काउन्टर, एक सय ७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै