काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको विकास बैंकका रूपमा इजाजत प्राप्त बैंकले आफ्नो बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले दक्ष, योग्य, अनुभवी तथा कामप्रति प्रतिबद्ध नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
बैंकले सार्वजनिक गरेको विज्ञापनअनुसार नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख जोखिम अधिकृत, व्यवसाय/कर्जा/असुली प्रमुख, चार्टर्ड एकाउन्टेन्ट, कानुनी अधिकृत, शाखा प्रबन्धक, रिलेसनसिप म्यानेजर र प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरेको छ।
इच्छुक तथा योग्य उम्मेदवारले आफ्नो अद्यावधिक व्यक्तिगत विवरण, आवेदन पत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, कार्य अनुभवसम्बन्धी प्रमाणपत्र तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहित आवेदन दिनुपर्नेछ। आवेदन इमेलमार्फत [email protected] मा पठाउन सकिनेछ। आवेदन पठाउँदा इमेलको विषयमा आफूले आवेदन दिने पदको नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
आवेदन दिने अन्तिम मिति २०८३ मंसिर २१ गते तोकिएको छ। सूचनासहित:




