काठमाडौँ । लक्ष्मी सनराइज बैंकका क्रेडिट हेड रविन्द्र केसीलाई पक्राउ गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । ठगी तथा अपराधिक विश्वासघातको कसुरमा थप अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
उनी माथि ऋण स्वीकृत गरेर, ऋण नदिएको तर धितो भने लिलाम गरेको प्रकरणमा मिलेमतोको आरोप छ ।
उनीविरुद्ध ठगी तथा अपराधिक विश्वासघातको मुद्धा दर्ता भएपछि उनी बैंकबाटसमेत स्वत: निलम्बनमा परेका छन् ।
राष्ट्र बैंकबाट स्वीकृत बैंकको कर्मचारी विनियमावलीमा फौजदारी कसुरमा अदालतमा मुद्धा दर्ता भएको दिनदेखि कर्मचारी स्वत: निलम्बन हुने व्यवस्था छ । उनीसँगै बैंकका तत्कालीन सीइओ सुमन शर्मा, बैंकका कर्मचारीहरु केदार सिंह, सुबोध जोशीविरुद्ध पनि पक्राउ गर्न अदालतले आदेश दिईसकेको पाइएको छ ।

लक्ष्मी सनराइज ठगी प्रकरण: सिइओ शाहविरुद्ध पनि जाहेरी दिएको पिडितको दाबी, पक्राउ पर्लान् ?
१२ दिनसम्म गुपचुप पक्राउ पूर्जी बैंककै कर्मचारी सुलसुले बन्दा मिडियामा पुग्यो, अनि भागे सुमन शर्मा !
प्रहरीको आँखा छलेर काठमाडौँबाट भागेका थिए प्रभुका सिइओ, बीरगंजमा भने ‘सेटिङ’ !
पक्राउ पूर्जी जारी भएका प्रभु बैंकका सिइओ सुमन शर्मा बीरगन्जमा लुके, सोमबार आत्मसमर्पण गर्ने !
प्रभु बैंकका सीइओ सुमन शर्माविरुद्ध पक्राउ पूर्जी जारी ! (पक्राउ पूर्जीको प्रमाणसहित)



