प्रभु बैंक रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण

काठमाडौँ। प्रभु बैंकले रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण गरेको छ। रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरूलाई थप सहयोग पुर्याउने उद्देश्यले भाद्र २५ गते बैंकले थप सहयोगस्वरुप राहत सामग्री वितरण गरेको हो।

बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग राहत सामग्री सम्बन्धित पिडितहरूलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको छ । उक्त हस्तान्तरण कार्यक्रममा बैंकले उपलब्ध गराएको राहत सामग्री बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि बैंकको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमामा २ करोड ११ लाख ११ हजार एक सय एघार रूपैयाँ मात्रको चेक हस्तान्तरण गरिएको थियो ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति प्रभु बैंकले  हार्दिक श्रद्धाञ्जली व्यक्त पनि गरेको छ। साथै, सम्पर्क विहिन व्यक्तिहरूको उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना पनि बैंकले व्यक्त गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्