प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा: पेशी ५ महिनापछि !

काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको अर्को पेशी पुस २२ गतेका लागि तोकिएको छ । यसअघि साउन २९ गते न्यायाधीशद्वय  कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकिए पनि मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको थियो।

अम्बिरबाबु गुरुङले प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्ध सर्वोच्च अदालतमा असार ३० गते अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेका थिए । अदालतले दिएको आदेश सिइओ शर्माले अटेर गरेको भन्दै गुरुङ मुद्दा लिएर सर्वोच्च गएका थिए ।

यसअघि पनि मुद्दाको पहिलो पेशी साउन १९ गते ‘हेर्न नभ्याइने’, साउन २५ गते ‘हेर्न नमिल्ने’ र साउन २९ गते ‘हेर्न नभ्याइने’ भन्दै स्थगित भएको थियो ।

त्यसपछि इजलासमा मुद्दा ‘हेर्न नभ्याइने’ मा परेपछि मुद्दाको पेशी पुन: सरेको हो ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा बैंकका सिइओ दोषी ठहर भए कानुनबमोजिम नगद जरिवाना तथा जेल सजाय हुन सक्ने र उनको पदसमेत जाने अवस्था रहेकाले मुद्दालाई गम्भीर रूपमा हेरिएको छ ।

सिंहदरबारमा प्रहरीले प्रभु बैंकका सिइओलाई किन छिर्न दिएन ? अर्थमन्त्रीसँगको बैठकमा जान नपाउनुको कारण यस्तो…

प्रभु बैंकका सीइओको विरुद्धको अदालतको अवहेलना सम्बन्धि मुद्धा आज पनि ‘हेर्न नभ्याइने’मा !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्