११ बर्षपछि पुन: चर्चामा आएको ‘केदार प्रसाद गौतमले ३३ करोड घोटाला गरेको कृषि बिकास बैंकको प्रकरण के हो ?

काठमाडौं । कृषि विकास बैंकको स्वयम्भू शाखामा कार्यरत तत्कालीन अधिकृत केदारप्रसाद गौतमले बैंकको सिस्टममा रहेको कमजोरीको दुरुपयोग गर्दै ३३ करोड ९३ लाख ३९ हजार ८७२ रुपैयाँ घोटाला गरेको घटना पुन: चर्चामा आएको छ । यो केसमा एक मुख्य प्रतिवादी राजीव थापा भनिने कृष्णहरि थापाविरुद्ध पुरक अनुसन्धान गरेर प्रहरीले उच्च अदालतमा मुद्धा दायर गरेपछि यो घटना पुन चर्चामा आएको हो ।
गौतमले सहकर्मीको युजर आईडी प्रयोग गरी नक्कली रेमिट्यान्स कारोबार सिर्जना गर्ने र आफ्नै आईडीबाट त्यसलाई स्वीकृत गर्ने गरेका थिए। त्यसपछि रकम विभिन्न शाखामा खोलिएका नक्कली खातामा ट्रान्सफर गरी नगद निकालिन्थ्यो। यस काममा राजीव थापा भनिने कृष्णहरि थापासहितका व्यक्तिहरूको समेत संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो।

घोटालाबाट आएको रकम गौतमले ऋण तिर्न, महँगा गहना किन्न, पार्टी र विलासी जीवनमा खर्च गर्न तथा भारतमा बसोबासको व्यवस्था मिलाउन प्रयोग गरेको अनुसन्धानमा उल्लेख छ। उनले पहिचानसमेत परिवर्तन गरी भारतमा लुक्ने प्रयास गरेका थिए।

गौतम र उनका साझेदार राजीव थापाविरुद्ध अदालतबाट ८–८ वर्ष कैद सजाय भएको छ। घोटालाबाट भएको सम्पूर्ण बिगो भने अझै असुल हुन बाँकी रहेको बताइएको छ। अनुसन्धानका क्रममा करिब १ करोड रुपैयाँ बराबरको रकम तथा सम्पत्ति रिकभरी भएको थियो।

यो प्रकरणले बैंकको कोर बैंकिङ सिष्टम, कर्मचारीको युजर आईडी तथा आन्तरिक नियन्त्रण प्रणालीमा रहेको कमजोरीलाई कसरी ठूलो वित्तीय अपराधको माध्यम बनाउन सकिन्छ भन्ने गम्भीर प्रश्नसमेत उठाएको थियो।

कृषि बिकास बैंक घोटाला भईरहने र पैसा खर्च गरेर अवार्ड किन्ने मामलामामा बदनाम बैंक हो ।

यो केसको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्