काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्धाको पेशी आज साउन २९ गते तोकिएकोमा मुद्धा हेर्न नभ्याईनेमा परेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलाशमा परेको मुद्धा हेर्न नभ्याइनेमा परेको हो । अव मुद्धाको अर्को पेशी तोकिनेछ ।
अम्बिरबाबु गुरुङले प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्ध सर्वोच्च अदालतमा असार ३० गते अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेका थिए । अदालतले दिएको आदेश सिइओ शर्माले अटेर गरेको भन्दै गुरुङ मुद्दा लिएर सर्वोच्च गएका थिए ।
सो मुद्दामा बैंकका सिइओ दोषी ठहर भए कानुनबमोजिम नगद जरिवाना तथा जेल सजाय हुन सक्ने र उनको पदसमेत जाने अवस्था रहेकाले मुद्दालाई गम्भीर रूपमा हेरिएको छ ।



