काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले शाखा कार्यालय समायोजन गरेको छ। बैंकले आफ्नो शाखा सञ्जाललाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न प्रदेशका आठ वटा शाखा कार्यालय समायोजन गरेको हो ।
बैंकको सूचना अनुसार उक्त शाखा समायोजन २०८३ साल साउन १८ गते (३ अगस्ट २०२६) देखि लागू भएको हो। बैंकले बागमती, गण्डकी र मधेश प्रदेशमा रहेका शाखाहरूलाई नजिकका सञ्चालनमा रहेका शाखामा गाभेको छ।
समायोजन गरिएका शाखाहरूमा हाकिम चोक शाखा नारायणगढ शाखामा, बालाजु शाखा गोङ्गबु शाखामा, खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भू शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा, ठमेल शाखा दरबारमार्ग शाखामा, लामाचौर शाखा बगर शाखामा र वीरगञ्ज लिंक रोड शाखा आदर्शनगर शाखामा समायोजन भएका छन्।
बैंकले शाखा समायोजनपछि पनि ग्राहकहरूले सम्बन्धित सञ्चालनमा रहेका शाखाबाट नियमित रूपमा सबै प्रकारका बैंकिङ सेवा लिन सक्ने जनाएको छ। साथै, यस प्रक्रियाबाट ग्राहक सेवामा कुनै अवरोध नआउने बैंकले स्पष्ट पारेको छ। यो हेर्नुहोस्:



