काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पुन: बैंकमा फर्किएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको पाण्डे पुन: बैंकमा फर्किएका हुन्।
६३ वर्षीय पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुलीको बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट लुकिछिपी भागिरहेको अवस्थामा २९ गते राति पक्राउ गरिएको थियो।
उनले मंगलबारबाट बैंकको नियमित कार्य सूचारु गरेका हुन् । उनलाई सर्वोच्च अदालतले जेठ १ गते रिहा गर्न आदेश जारी गरेको थियो ।
अनुसन्धानमा स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण नगरेपछि सरकारको स्वामित्वमा आएका भौतिक संरचना र प्रणालीहरूलाई लिलामी प्रक्रियामार्फत सरकारी हक टुटाउने उद्देश्यले काम गरेको पाइएको थियो। पाण्डे लोन रिकभरी कमिटिको अध्यक्षको हैसियतमा उक्त प्रक्रियामा संलग्न थिए ।
उनले प्रयोग गर्ने मोबाइल फोन स्विच अफ गरी फरार हुन खोज्दा प्रहरीले सवारी चेकजाँचको क्रममा उनलाई फेला पारेको थियो ।
यसका साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२-०६-०३ मा निकालेको लिलामी सूचनामा घरबहाल र विद्युत महसुल वापतको ४० करोड रुपैयाँ समेत कबोल गर्नुपर्ने शर्त राखेको देखिएको थियो ।


