काठमाडौँ। बैंकिङ कसुरमा मुछिएका राजेन्द्र शाक्यलाई कर्जा तिर्न प्रभु बैंकले ३५ दिने अल्टीमेटम दिएको छ । व्यवसायि राजेन्द्र शाक्यले ऋण नतिरेको भन्दै बैंकले ३५ दिनभित्र ऋण तिर्न र नतिरे दुई जहाजसहितको सम्पत्ति लिलामी गर्ने अल्टीमेटम दिएको हो ।
शाक्यले सञ्चालन गरेका व्यवसायका लागि लिएको सवा अर्ब रुपैयाँ ऋण नतिरेपछि बैंकले उक्त अल्टीमेटम दिएको हो ।
बैंकले सुचनामा शाक्यद्वारा सञ्चालित ताज होटल, बिजनेस कम्प्लेक्स, गुण एयरका दुईवटा जहाज र अन्नपूर्ण ब्रोडकास्ट मिडियाको सम्पत्तिको ऋण चुक्ता गर्न भनेको छ ।


