कृषि विकास बैंकले गर्यो ऋणीहरुलाई कर्जा चुक्ता गर्न आग्रह

 Krishi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ऋणीहरुलाई कर्जा तिर्न आग्रह गरेको छ । बैंकको विभिन्न शाखाहरूबाट कर्जा लिई समयमै नियमित वा चुक्ता नभई भाका नाघेका कर्जा ग्राहक, धितो मञ्जुरी दिने तथा जमानतहरूले कोरोनाको कारण समय भन्दा अगावै कर्जा नियमित वा चुक्ता नगरेका सम्पूर्ण ग्राहक, धितो मञ्जुरी दिने तथा जमानतदाताहरूले आफुले कारोबार गरेको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राखि छिटो भन्दा छिटो कर्जा चुक्ता गराउन सबै ग्राहकहरुलाई बैंकले आग्रह गरेको हो ।
बैंकले आफ्नो अनुकुल समयमा लोन नतिर्ने ग्राहकहरुलाई ऋण असुली न्याधिकरणमा मुद्दा दायर गर्ने तथा कानुनी प्रक्रिया अगाडी बढाई सोही बमोजिम कारबाही गर्ने समेत सुचनामा उल्लेख गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्