PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकले गर्यो दुधौली नगरपालिकासँग सहकार्य, सहुलियतपूर्ण कर्जा प्रदान गरिने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दुधौली नगरपालिकासँग सहकार्य गरेको छ । बैंकले सिन्धुली जिल्लाको दुधौली नगरपालिकासँग सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गरेको हो । 
राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधौली नगरपालिकाका तर्फबाट नगर प्रमुख घनश्याम राउतले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि नगरलालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने भएको छ । 
यस्तै तालिम प्राप्त व्यक्तिलाई नगरलालिकाले कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताएका छन् । 
यस्तै नगर प्रमुख घनश्याम राउतले भने यस्तो कर्जाको उपभोगबाट नगरवासीले आफ्नो तथा समुदायको आर्थिक स्तर उकास्न सघाउ पुग्ने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै