एसबीआई बैंक लुट्नेहरू पूर्वपक्षका लागि कारागार चलान

काठमाडौँ। नेपाल एसबीआई बैंक घ्याङ्लेख शाखामा लुटपाट गर्ने ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरिएको छ। गत पुस २९ गते सिन्धुलीको  घ्याङ्लेख गाउँपालिका २ हायुटार स्थित नेपाल एसबीआई बैंक घ्याङ्लेख शाखामा लुटपाट गर्ने ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरिएको हो ।

बैंक लुटपाटमा संलग्न सिन्धुली छविलाल स्याङतान,  ज्ञान बहादुर भ्लोन तामाङ, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका विवेक मगर, र मिलन गिरीलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

बैंक लुट्ने मुख्य योजनाकार बैंक कै घरभेटी रहेका थिए। बैंक लुट प्रकरणमा पक्राउ परेका लुटेराहरुले ‘घरभेटीकै योजनामा बैंक लुटेको’ भनेपछि बैंक लुट्ने मुख्य योजनाकार बैंक कै घरभेटी रहेको खुलासा भएको थियो।

नेपाल एसबिआइ बैंक लुटियो, सुरक्षा गार्डको हात छिनालियो, ३ करोड ११ लाख डकैत !

नेपाल एसबिआई बैंक लुट प्रकरण: लुटेको पैसा भाग लगाउन सबैलाई महोत्तरी बोलाएको खुलासा, घरभेटी नै मुख्य खेलाडी !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्