काठमाडौँ। नेपाल एसबिआई बैंक लुट प्रकरणका मुख्य योजनाकार घरभेटीले बैंक मेनेजरलाई सबैभन्दा बढी पैसा कुन दिन हुन्छ भनेर सोधेको र बैंक मेनेजरले पुष मसान्त भनेकाले पुष २९ गते बैंक लुटिएको खुलासा भएको छ ।
बैंक लुटका मुख्य योजनाकार घरभेटीले पक्राउ परेपछि यस्तो बयान दिएका हुन् । बैंक लुट्ने योजना बनाएका घरभेटीले पैसा भाग लगाउन सबैलाई महोत्तरी आउनु भनेको पनि खुलेको छ । आफ्नै घरमा बसेको बैंकबाट लुटेको पैसा महोत्तरी गएर भाग लगाउने योजना बनाइएको खुलेको हो । प्रहरीले उनलाई अहिले पक्राउ गरिसकेको छ ।
आफ्नो घरमा बसेको नेपाल एसबिआई बैंक लुट्ने योजना बनाएका घरभेटीले बैंक लुट्न ३ पटक प्रयास गरेको खुलासा भएको छ ।
तर, एक दिन ढिलो भयो भन्दै कुरा नमिलेको, दोश्रो पटक अवस्था ठिक नभएको भन्दै नमिलेको र तेश्रो पटक उनीहरुले बैंक लुटेको खुलासा भएको हो ।


