राष्ट्र बैंकले जारी गर्‍यो नयाँ एकीकृत निर्देशन (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशिका जारी गरेको छ। राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा निष्क्रिय कर्जामा वर्गीकरण भइसकेको कर्जाको ब्याज भुक्तानी भएपनि ३ महिनासम्म सोही वर्गमा वर्गीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।

बैंकहरुले कमसल, शंकाष्पद र खराब कजार्मा वर्गीकरण भएका कर्जालाई भाखा नाघेको सम्पूर्ण वक्यौता रकम भुक्तानी भई नियमित भएको ३ महिनापछि मात्रै असल वर्गमा वर्गीकरण गर्न पाउने भएका हुन् ।

यसअघि निष्क्रिय कर्जामा वर्गीकरण भएको कर्जामा भाखा नाघेको बक्यौता रकम भुक्तानी भएपछि ६ महिनासम्म सुक्ष्म निगरानीमा राख्दै ५ प्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने व्यवस्था थियो । यस्तो कर्जा ६ महिनासम्म नियमित भएपछि मात्रै असल वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था थियो।

अब भने ३ माहिनासम्म जुन वर्गमा थियो सोही वर्गमा राखी कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने र ३ महिना नियमित भएपछि असल वर्गमा वर्गीकरण गर्नसक्ने व्यवस्था भएको हो ।

बैंक तथा वित्तीय संस्थाले जुनसुकै समयमा पनि तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्नुपर्नेछ । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले पुँजीकोषको विवरण प्रत्येक महिनाको मसान्तको वित्तीय विवरणका आधारमा तोकिएको ढाँचामा तयार गरी आन्तरिक लेखापरीक्षकबाट प्रमाणित गराई यस बैंकको
रिपोर्टिङ पोर्टल मार्फत प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र पठाई सक्नुपर्ने भएको छ।  यो हेर्नुहोस्:

https://www.nrb.org.np/contents/uploads/2026/01/Unified-Directive-ABC-2082.pdf

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै