PRABHU BANK

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने

Global IME Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । यी दुई लघुवित्तबीच असोज २० गते मंगलबार प्राप्ती सम्न्धिब सहमति पत्रमा हस्ताक्षर भएको हो ।
उक्त संस्था प्राप्ती गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुने व्यवसाय कारोवार वृद्धि गर्न सकिने, ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहुँच पुग्ने ग्लोबल लघुवित्तले जनाएको छ । 
साथै थप पूँजी कोष वृद्धि भई संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने पनि ग्लोबल आइएमई लघुवित्तले जनाएको छ ।
ग्लोबल आइएमई लघुवित्तले प्राप्ति गर्ने सम्झौता गरेसँगै स्पर्श लघुवित्तको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै