काठमाडौँ। बैंकहरुबाट सेयर धितो कर्जामा ३३.९५ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्म बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा ३३.९५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो।
चालु आर्थिक वर्षको पुससम्ममा बैंकहरुबाट १ खर्ब ५२ अर्ब ४० करोड ३३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को पुससम्ममा भने बैंकहरुबाट १ खर्ब १३ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ कर्जा गएको थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुबाट सेयर धितो कर्जा ३३.९५ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पुससम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ।
अघिल्लो वर्षको पुससम्म भने यो रेन्जको कर्जा ७५ अर्ब ४४ करोड २४ लाख रुपैयाँ प्रवाह भएको थियो। उक्त रेन्जको कर्जाको माग ४०.६६ प्रतिशतले बढेको छ।

