प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन् । माघ २० गतेदेखि लागू हुनेगरी प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त भएका हुन्।

माघ २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी आगामी चार वर्षका लागि प्रभु बैंकको सिइओमा नियुक्त भएका छन्। शर्मा यसअघि सनराइज बैंकमा सिइओ थिए भने उनले ग्लोबल आइएमई बैंकमा डिसिइओ र माछापुच्छ्रे बैंकमा सिइओ भएर पनि काम गरेका छन्।

त्यस्तै, उनले नेदरल्यान्डबाट एमबीए गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।  त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा पनि शर्माले स्नातकोत्तर गरेका छन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै